

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन

काठमाडौं – संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलिय बैठक पनि बिना निष्कर्ष टुंगिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरिय समिति गठन गर्नुपर्ने माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएका छन् । सदन चलायमान बनाउन यसअघि बसेको पटक पटकको बैठकमा कुनै सहती हुन सकेको छैन । आजै सभामुख देवराज घिमिेले बोलाएको दलहरुको प्रमुख सचेतक र सचेतकको बैठक पनि निष्कर्ष विना नै सकिएको थियो ।
सदन सञ्चालन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले संसदमा भएका प्रमुख दलहरुको बैठक बोलाएका थिए । सिंहदरबारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नैपर्ने अडान लिएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोग वा समिति बन्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको अनुसन्धान प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट बरामत गरेको साडे ६० किलो सुन प्रकरणमा हाल सिआइबीले अनुसन्धान गरिरहेको छ । सीआईबीले पाएको समय अब दुई साता मात्र छ ।

