एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक


काठमाडौं – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । शनिबार पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा केन्द्रीय सचिवालय अपरान्ह केन्द्रीय सचिवालय बैठक बसेको हो।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संगठन सुदृढीकरण अभियान लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । अध्यक्ष माधवकुमार नेपाल युरोप भ्रमणबाट फर्किएपछि शनिबार पहिलोपटक सचिवालय बैठक बसेको हो ।

युरोप भ्रमणमा गएलगत्तै अध्यक्ष नेपालमाथि समेत अनुसन्धानको बाटो खुला गर्नेगरी सर्वोच्च अदालतले आदेश दिएको थियो । नेपालमाथि उठेको उक्त प्रश्नबारे समेत बैठकमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया