भारतको बिहारमा एक पत्रकारको गोली हानी हत्या


बिहार – भारतको बिहार राज्यमा एक पत्रकारको गोली हानी हत्या गरिएको छ।

बिबिसी हिन्दीका अनुसार बिहारको अररिया जिल्लामा शुक्रबार बिहानै अज्ञात समूहले दैनिक जागरण पत्रिकाका संवाददाता विमलकुमार यादवलाई गोली हानी हत्या गरेका हुन् ।

अररियाका एसपी अशोककुमार सिंहले चार जनाको समूह विमलको घरबाहिर आएर बेस्सरी चिच्याएको र बिमल बाहिर निस्किएपछि गोली हानेर फरार भएको समाचार एजेन्सी पिटिआईलाई बताएका छन् ।

गोली लागेका बिमलको घटनास्थलमै मृत्यु भएको र अपराधीहरुको खोजी गरिरहेको पनि सिंहले बताए ।

सन् २०१९ मा विमलका भाइको पनि हत्या भएको थियो। उक्त हत्याका एकमात्र साक्षी विमल थिए। विमललाई अदालतमा बयान फेर्न धेरै पटक दबाब आएको थियो।

प्रतिक्रिया