

म्यानमारमा एक प्रर्दशनकारीकाे मृत्यु, काे हुन् उनी?

याङ्गुन – म्यानमारमा सैन्य कूको विरोधमा सडकमा उत्रिँदा टाउकोमा गोली खाएकी युवतीको मृत्यु भएको छ । २० वर्षीया ती युवती प्रर्दशनमा भाग लिँदा ज्यान गुमाउने पहिलो व्यक्ति हुन् ।
म्या थ्यू खाइङ्गलाई अघिल्लो हप्ता टाउकोमा गोली लागेपछि गम्भीर चोट लागेको थियो । आङ सान सूकीको सरकार ढालेर सैन्य कू गरेको विरोधमा थुप्रै दिनदेखि सडकमा उत्रिएका प्रदर्शनकारीमध्ये उनी पनि एक थिइन् ।
राजधानीस्थित अस्पताल न्या पि तले उनको मृत्यु स्थानीय समयानुसार शुक्रबार बिहान ११ बजे भएको पुष्टि गरेको छ । अस्पतालका डाक्टरले एएफपी न्यूज एजेन्सीलाई भने, ‘हामी न्यायको माग गर्दै अघि बढ्नेछौं । उनलाई अस्पतालको आइसीयूमा भर्ना गरेलगत्तै अस्पतालका कर्मचारीमाथि अत्यधिक दबाब बनेको थियो । ’
अधिकारीले यस घटनाबारे अनुसन्धान हुने जानकारी दिएका छन् । फेब्रुअरी ९ मा अस्पतालमा पुर्याएपछि नै म्या थ्यूलाई लाइफ सपोर्ट (भेन्टिलेटर) मा राखिएको थियो ।
म्या थ्यूका पूरा परिवार आङ सान सूकीका समर्थक हुन् । उनका दाइका अनुसार म्या थ्यूले पहिलो पटक गत नोभेम्बरमो आम निर्वाचनमा मतदान गरेकी थिइन् ।

