


१ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं – साताको चौथो दिन सुनचाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार १ लाख ११ हजार २ सय रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुनको मूल्य बुधबार १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार हुनेछ।
उता चाँदीको मूल्य पनि मंगलबारको तुलनामा तोलामा पाँच रुपैयाँ घटेको छ। बुधबार चाँदी तोलको १ हजार ३७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

