त्रिभुवन विमानस्थलको रनवेमा पुगेको एअर इन्डियाको जहाजमा समस्या देखीपछि तानेर पार्किङमा ल्याइयो


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा पुगेको एअर इन्डियाको जहाजको पाङ्ग्रा लक भएको छ । रनवेमा पुगेको जहाजको पाङ्ग्रा लक भएपछि केहीबेर अरू उडान र अवतरण बन्द भएका थिए ।

जहाजलाई मेशिनले तानेर पार्किङमा पुर्‍याएपछि अहिले अरू उडान सञ्चलन भएका छन् । काठमाडौँबाट दिल्ली जान लागेको जहाज रनवेमै हुँदा राजविराजबाट आएको बुद्ध एअरको जहाजले आकाशमै १० फन्का लगाएको थियो भने कतार एअरवेजको जहाजलगायत अरू केही जहाज आकाशमै होल्ड भएका थिए ।

प्रतिक्रिया