
गालेको सुनको तौल ६० किलो ७१६ ग्राम, ३४ वटा बिस्कुट आकारमा बनाइयो
काठमाडौं – सिनामंगलबाट बरामत गरिएको सुनको जम्मा तौल ६० किलो ७१६ ग्राम रहेको छ । राष्ट्रिय अनुसन्धान विभागले साउन २ गते त्रिभुवन विमानस्थलको भन्सारबाट पास भएर बाहिरिसकेको अवस्थामा मोटरसाइकलको ब्रेक शु भित्र लुकाएर ल्याइएको सुन बरामत गरिएको थियो ।
उक्त सुन राष्ट्र बैंकको केन्द्रिय कार्यालय टक्सारमा आज गालिएको थियो । उक्त सुनलाई गालेर ३४ वटा विस्कुटको आकार बनाइएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य बताए । आज पूर्णरुपमा गालेर त्यसको जर्ती निकालिएको उनले जानकारी दिए । अब सुनको गुणस्तर मापन गरिनेछ ।
“हंगामा मच्चाएको सुन तस्करी काण्डमा हामीले ल्याउँदा १५५ किलो भएकोमा ब्रेक सु र कार्टुनबाट निकाल्दा ६० किलो ७७९ ग्राम भएको थियो,” विभागका निर्देशक थानेश्वर आचार्यले भने, “आज गालेर सकिएको छ । ६० किलो ७१६ ग्राम तौल आएको छ । ३४ वटा बिस्कुट बनेका छन् ।”



कागजपत्र |
