


नेवि संघमा अर्को ‘फण्डा’, भारत बस्ने छोरालाई बनाए मन्त्रीले बनाए केन्द्रीय सदस्य

रौतहट – पछिल्लो समय नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति विस्तार गरिएसँगै धेरै विवाद देखिएको छ । यसैक्रममा रौतहटका मधेश प्रदेश सभापति एवं भौतिक पूर्वाधार मन्त्री कृष्ण यादवले भारतमा बस्ने आप्mना छोरालाई केन्द्रीय सदस्य बनाएका छन् ।
मन्त्री यादवका छोरा रवि भारतस्थित दिल्लीमा बस्दै आएका छन् ।
त्यस्तै गरी प्रदेश सभापति यादवले पूर्व सिडियो रामशरण चिमोरियाका ४ बर्ष देखि विदेश रहेका छोरा डा. रितेश चिमोरियालाई समेत केन्द्रिय समितिमा मनोनीत गरेका छन् ।
राजनीतिमा काम र क्षमता भन्दा पनि परिवारवाद र गैर बिद्यार्थीलाई केन्द्रिय सदस्य बनाएको भन्दै नेपाल बिद्यार्थी संघ रौतहटका बिद्यार्थी नेता लगायतले बिरोध गरेका छन् । त्यस्ता गैर बिद्यार्थीलाई नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्य बनाउदा बिद्यार्थीहरु हक र अधिकारका लागि राजनीति गर्ने नेताको भावना माथि आघात पुग्ने बिद्यार्थी नेताहरूले बताए।

