फेरि अवरुद्ध भएपछि रवि भने : संसद् अपहरणमा पर्‍यो


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई अपहरण गरिएको बताएका छन् । सोमबार बसेको संसद्‍मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हवरोध गरेपछि अवरुद्ध भइ स्थगित भएपछि रविले यस्तो बताएका हुन् ।

तीन सातादेखि संसद्‍मा अवरोध जारी रहँदा रास्वपाले सत्तारुढ र प्रतिपक्षी एमालेको पनि विरोध गर्दै आएको छ। गत साउन ३ गते बरामद भएको सय केजी सुन प्रकरणमा एमालेले उच्चस्तरीय समिति बनाउन माग गर्दै आएको छ।

तर सत्ता पक्षले केन्द्रीय अनुसन्धान ब्यूरोले नै अनुसन्धान गरिरहेकाले त्यो सम्भव नहुने बताएपछि कुरा मिल्न सकेको छैन। ‘संसद्‍लाई अपहरण गरिएको छ’, उनले सोमबार प्रतिनिधिसभाको बैठकपछि भनेका छन्।

प्रतिक्रिया