शेखर कोइराला भन्छन्, ‘प्रधानमन्त्री र गृहमन्त्रीले प्रतिशोध साँध्न खोजे’


काठमाडौं — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री र गृहमन्त्रीले प्रतिशोध साँध्न खोजेको आरोप लगाएका छन् ।

संसदीय दलको बैठकमा बोल्दै डा. कोइरालाले सांसद सुनिल शर्माको पक्राउको विषयलाई लिएर यस्तो आरोप लगाएका हुन् ।

संसदीय दलको बैठकमा बोल्ने क्रममा डा. कोइरालाले सुन काण्डको घटनामा गृहमन्त्रीले स्पष्ट पार्न समेत माग गरे । उनले हङकङबाट क्विन्टल सुन आइरहेको अवस्थामा गृहमन्त्रीले त्यहाँको अवस्थाबारे जानकारी लिन पत्र पठाएको या नपठाएको स्पष्ट पार्न माग गरे ।

उनले भने, ‘सुन बाहिरबाट ल्याएर नेपाललाई अखडा बनाइँदैछ । यहाँबाट टनका टन भारत गइरहेका छ । योभन्दा धेरै टनका टन सुन पहिला पनि गएको हुनसक्छ ।’

उनले सुन प्रकरणमा सत्यतथ्य छानबिन गर्नुपर्ने बताए । कांग्रेसको जारी बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया