कक्षा १२ को परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी


काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी थालेको छ ।

उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको हो ।

सम्पूर्ण कार्य सकेर अब प्राविधिक टिमसँग छलफल गरेर नतिजा प्रकाशनबारे निर्णय गरिने बोर्डले जनाएको छ ।

गत वैशाख २६ देखि जेठ ५ गतेसम्म लिइएको परीक्षामा ४ लाख ६७ हजार ३८९ जनाले परीक्षा दिएका थिए ।

जसमा ५६ हजार विद्यार्थीले ग्रेड बृद्धिका लागि परीक्षामा सहभागी भएका थिए । यही साउन मसान्तसम्ममा नजिता प्रकाशन गर्ने गरी काम गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया