५० वर्षपछि रूसले पठायो चन्द्रमामा रकेट


एजेन्सी  - रूसले झण्डै ५० वर्षपछि चन्द्रमामा रकेट पठाएको छ ।

रूसले शुक्रबार बिहानै लुना–२५ रकेट चन्द्रमातर्फ प्रक्षेपण गरेको हो ।

४७ वर्षपछि रूसले बोस्तोनी कस्मोड्रोमबाट रकेट प्रक्षेपण गरेको हो । यो रकेटले पाँच दिनसम्म सीधा उडान भर्नेछ ।

त्यसपछि ७ देखि १० दिन चन्द्रमाको आसपासमा चक्कर लगाउने बताइएको छ ।

सम्भवत यही अगष्ट २२ तारिख भित्र लुना–२५ चन्द्रमाको सतहमा अवतरण गर्नेछ ।

प्रतिक्रिया