

कांग्रेस संसदीय दलको बैठक आज बस्ने

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शुक्रबार) बस्ने भएको छ।
दिउँसो १ बजे नयाँ बानेश्वरस्थित् सघीय संसद भवनको ल्होत्से बैठक बस्ने भएको हो।
बिहीबार बसेको दलको कार्यसमिति बैठकले आज १ बजेका बस्ने गरी बैठक बोलाएको हो ।
आज बस्ने बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई अगाडि बढाउने, नयाँ विधेयक प्रस्तुत गर्ने लगायतबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।
यसैबीच बैठकमा आँखा पाक्ने रोगको उपचार, डेङ्गु रोकथाम र पशुपक्षीमा लाग्ने लम्की रोगको उपचारका बारेमा सरकारको ध्यानाकर्षण गराइने छ ।

