
चितवनको जाम खोल्न रास्वपा चाहिँदैनः जिल्ला प्रशासन
चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले राजमार्गको पहिरो तथा ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको बताएको छ।
नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरोका कारण अवरुद्ध हुने सवारी साधनको व्यवस्थापन भन्दै रास्वपाले वाकिटकीसहितको टोली परिचालन गरेको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी पाएकोले सो खण्डको सडक खुलाउनका लागि राज्यको अंगबाहेक अमूक दल वा सो अन्तर्गतको संगठनको सहयोग नलिइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेलले जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनामा विपतका घटनाको राहत तथा उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकाय लगायत राज्यका अंगहरु सक्षम रहेको जानकारी गराउँदै ती कार्यकर्ताले प्रयोग गरेको वाकिटकीको पनि छानबिनका लागि प्र्रहरीलाई निर्देशन दिइसकेको जनाइएको छ ।

मंगलबार ट्राफिक व्यवस्थापन गर्न भन्दै नारायणगढ-मुग्लिन सडकमा वाकीटकी र आरएटी लेखिएको ज्याकेटमा रास्वपाका कार्यकर्ता।
उनले विपत्का बेला तथा उद्धार र व्यवस्थापनका लगि कुनै पनि राजनीतिक दलको परिचय बिना विशुद्ध स्वयंसेवीको रुपमा स्थानीय विपत व्यवस्थापन समितिको स्वीकृति र सम्बन्धित क्षेत्रमा खटिएका सुरक्षाकर्मीको समन्वयमा मात्र खटिन सक्ने जानकारी समेत गराइएको छ । तर मंगलबार कुनै अमुक दल तथा सो अन्तर्गतको संगठनको सहयोग नलिइएको र लिन स्वीकृति पनि नदिइएको उनले बताए।



कागजपत्र |
