


सुन प्रकरणमा दोषी देखिए पार्टीका आधारमा छुट हुँदैन : गृहमन्त्री

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा दोषी देखिए माओवादी या कुनै पार्टीको भए पनि उन्मुक्ति नपाउने बताएका छन्।
आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै श्रेष्ठले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई तथ्य र प्रमाणका आधारमा अनुसन्धान गर्न निर्वाध छाडिएको बताएका हुन्।
‘त्यो भेपको फाइल गृहमन्त्रीको टेबलमा छ नि भन्नुभयो, मेरा एकदम अनन्य मित्रले,’ रास्वपाका सभापति लामिछानेलाई लक्षित गर्दै मन्त्री श्रेष्ठले भने, ‘हैन, पहिला सरकार चलाउँदा त्यसो गरिन्थ्यो ररु सिआइबीले गरेको अनुसन्धान पहिले मेरो टेबलमा ल्याइजो अनि म जे भन्छु त्यही गर !’
लामिछानेले इलेक्ट्रिक चुरोटमा सुन ल्याएको प्रकरणको फाइल गृहमन्त्रीकै टेबलमा अड्किएको बताएका थिए। त्यसमा माओवादीका नेताहरूकै नाम जोडिएको उनको भनाइ थियो।

