

क्यानले माग्यो महाप्रबन्धक, कस्ता व्यक्तिले पाइन्छ दरखास्त दिन ? (सूचनासहित)

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले महाप्रबन्धक पदका लागि विज्ञापन आह्वान गरेको छ।
क्यानले मंगलबार विज्ञापन निकालेको छ। सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण भएको, नेतृत्व तहमा ३ वर्ष काम गरेकोलगायत योग्यता तोकिएको छ।
अगष्ट १७ तारिखसम्म दरखास्त दिइसक्नुपर्ने क्यानले जनाएको छ।

