

संसद् दलीय भागबन्डाको बन्धक भयो : सोबिता गौतम

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसद् दलीय भागबन्डाको बन्धक बनेको टिप्पणी गरेकी छन् ।
सरकार र एमालेबीच सहमति जुट्न नसकेपछि आजका लागि तय गरिएको संसद् बैठक स्थगित भएपछि सोबिताको भनाइ आएको हो ।
‘नेपालको सार्वभौम संसद् दलीय भागबन्डाको बन्धक भएको छ । कति विधेयकमा छलफल थियो, संशोधन थियो, जनताको आवाज बोल्नु थियो । तर नेपालको सार्वभौम संसद् दलीय स्वार्थको जालोमा जेलिएकोछ । तेस्रो पटक पनि चल्नै सकेन,’ फेसबुकमा उनले लेखेकी छन् ।

