

वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौंः रवि लामिछाने

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद चल्न नदिएको प्रति लक्षित गर्दै वर्षौंदेखि देशलाई कसरी प्यारालाइज्ड पारिएको रहेछ भन्ने कुरा आफूले बुझेको बताएका छन् ।
सामाजिक सञ्जालमा लामिछानेले लेख्दै भनेका छन्, वर्षौं देखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन छ्न्। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दुःखद ..

