सभामुखसहित शीर्ष नेताहरुबीच दोस्रो चरणको छलफल सुरु


काठमाडौं – संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरुबीच चरणको छलफल सुरु भएको छ ।

सिंहदरवारमा १२ बजेदेखि साढे दुई बजेसम्म बसेको पहिलो चरणको बैठक विना निष्कर्ष टुंगिएको थियो । सत्तापक्ष र प्रतिपक्ष दुबै आ-आफ्नो अडानमा रहेको र कुनै सहमति गर्ने मुडमा नदेसखएपछि बैठक स्थगित गरेको थियो ।

एमालेले सुन तस्करी प्रकरणमा छानबिन समिति गठनको माग गर्दै आइरहेको छ । तर समिति बनाउन सरकार तयार छैन । छलफलका आधारमा आ-आफ्ना पार्टीमा आन्तरिक छलफल गर्ने र पुनः बस्ने सहमति भएको थियो । सोही अनुसार संसद भवन वानेश्वरमा दोस्रो चरणको छलफल सुरु भएको हो ।

सभामुखको कार्यकक्ष बानेश्वरमा जारी छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका प्रमुख सचेतक र सचेतक सहभागी छन् ।

प्रतिक्रिया