महिला संघ विवादः केन्द्रदेखि जिल्लासम्म समानान्तर समिति गठनको तयारीमा जुट्न शेखरको निर्देशन


काठमाडौं — नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल महिला संघ दुई समूहबीच विवाद बढेको छ ।

महिला संघकी अध्यक्ष उषा राउतले एकलौटी ढंगले विधानविपरीत केही जिल्ला सभापतिहरू हटाएपछि डा. शेखर कोइराला समूह आक्रोशित भएको हो ।

विधान विपरीत एकपछि अर्को जिल्ला सभापति हटाउन थालेपछि उक्त समूहका नेतृहरूलाई नेता डा. कोइरालाले सभापति शेरबहादुर देउवाकोमा कुरा गर्न पठाएका थिए । तर, देउवासँगको भेटपछि समस्या समाधान हुने आश्वासन पाए पनि राउतको कार्यशैली नफेरिएपछि आफू निकट महिला संघका नेतृहरूलाई नेता कोइरालाले समानान्तर समिति बनाउने तयारीमा जुट्न निर्देशनका छन् ।

पार्टीभित्र अराजकता बढेको उनको निष्कर्ष छ । ‘पार्टीभित्र अराजकता बढ्यो, यसरी विधानविपरीत जाने छुट कसैलाई छैन,’ नेता कोइरालाले महिला संघका नेतृहरूलाई भने, ‘उस्तै परे केन्द्रदेखि जिल्ला तहसम्म महिला संघको समानान्तर समिति चलाउनेसम्मको तयारीमा जुट्नू ।’

प्रतिक्रिया