माओवादी केन्द्रविरुद्ध घेराबन्दी भइरहेको छ : प्रचण्ड


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् ।

१७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै आइबार अध्यक्ष प्रचण्डले माओवादी केन्द्रविरुद्ध घेराबन्दी भइरहेको बताएका हुन् ।

माओवादी केन्द्र र नेतृत्वमाथि घेराबन्दी भइरहेको र नेताहरुलाई जेलसमेत हाल्ने कुरा भइरहेको भन्दै उनले यसप्रति सचेत हुनुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले ७५३ वटै पालिकाको वडामा गएर काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन समेत दिएका छन् । माओवादी केन्द्रले ७०४ जना केन्द्रिय सदस्यलाई जिम्मेवारी बाँडफाट गर्नुका साथै सातै प्रदेश इन्चार्जसमेत हेरफेर गरेको छ । पार्टी अध्यक्ष प्रचण्डले सबै जनालाई आ आफ्नो जिम्मेवारी निभाउन निर्देशन दिएका छन् ।

 

 

प्रतिक्रिया