एमाले महासचिव र चिनियाँ प्रतिनिधिबीच भेट


काठमाडौं – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलसँग चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ) परियोजनाको टोलीले आज भेट गरेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयका भएको उक्त भेटमा रेलमार्गसँग सम्बन्धित विषयमा छलफल भएको थियो ।

महासचिव पोखरेलसँग चिनियाँ टोलीले केरूङ-काठमाडौँ-लुम्बिनी रेलमार्ग निर्माणबाट हुने आर्थिक, सामाजिक विकास तथा रेलमार्ग निर्माणले जनजीवनमा ल्याउने परिवर्तनलगायत विषयमा चासो व्यक्त गरेको बताइएको छ ।

प्रतिक्रिया