

औषधि विभागले दियो चिनियाँ खोप लाई आपतकालीन प्रयोगको अनुमति!

काठमाडाैं – नेपालमा चिनियाँ खोप ‘सिनोफार्म’ले आपतकालीन प्रयोगका लागि अनुमति पाएको छ ।
चिनियाँ कम्पनी बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले उत्पादन गरेको सिनोफार्म खोपलाई नेपालमा आपतकालीन प्रयोगको लागि औषधि व्यवस्था विभागले अनुमति दिएको हो ।
यसअघिनै चीनले नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिने भएको थियो । सिनोफार्म ७९ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।
नेपालले यसअघि भारतको कोभिशिल्डलाई अनुमति दिएर खोप अभियान चलाएको हो। सो खोप भारतले अनुदानमा १० लाख डोज उपलब्ध गराएको थियो ।

