एकीकृत समाजवादीको सचिवालय बैठक जारी


काठमाडौँ – सत्तारुढ नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा जारी बैठकमा विभिन्न पार्टी कमिटीका बैठकको तयारी र एजेण्डाबारे छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘स्थायी कमिटी,पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारी तथा समासामयिक राजनीतिक परिस्थितिको विश्लेषण, पार्टीको संगठनात्मक व्यवस्थापन लगायतका विषय छलफलका एजेण्डा छन्’,प्रचार विभाग प्रमुख खतिवडाले भनेका छन् ।

सो पार्टीको स्थायी कमिटी बैठक साउन २० र २१, पोलिटब्युरो भदौ ३ र ४ तथा केन्द्रीय कमिटी बैठक भदौ ५ देखि ७ सम्म गर्ने यसअघि नै तय भैसकेको छ ।

प्रतिक्रिया