

आज पनि घट्यो सुनको मुल्य, यस्तो छ आजको भाउ

काठमाडौँ – नेपाली बजारमा पछिल्लो समय सुनको मुल्यमा निक्कै उतार बढाव आएको छ । गत असार देखी निरन्तर बढेर नयाँ रेकर्ड राखाको सुनको मुल्य बुधबार प्रतितोलामा ११ सयले घटेर आठ महिनायताकै सस्तो भएको सुनको मुल्य आज (बिहीबार) पनि ६ सय रुपैँयाले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ८९ हजार ८ सयमा कारोबार भएको सुनको मुल्य आज ८९ हजार २०० रुपैयाँ कायम भएको छ ।
यस्तै तेजावी सुनको मुल्य आजका लागि ८८ हजार ७५० रुपैयाँ तोकिएको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले सस्तो भएको महासंघले जनाएको छ ।
बिहीबार प्रतितोला १३४० रुपैयाँका बिक्री मुल्य कायम भएको चाँदीको आजको भाउ १३३५ रुपैयाँमा कारेबार भइरहेको छ ।

