राष्ट्रिय योजना आयोगको बैठक सम्पन्न


काठमाडौँ – राष्ट्रिय योजना आयोगको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १६ औँ योजना निर्माणका लागि तयार गरिएको अवधारण पत्रको प्रारम्भिक मस्यौदा छलफलमा लैजाने निर्णय गरेको छ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफूले गरेको सम्बोधन स्मरण गराउँदै बजेट निर्माण गर्दा होस या रणनीतिक योजना बनाउँदा जनस्तरबाट बौद्धिक समुदायको विवेक प्रयोग गर्ने वातावरण बनाउनुपर्ने बताए ।

प्रचण्डले योजना निर्माण गर्दा पन्ध्रौँ योजनाको पनि समीक्षा गर्न आवश्यक रहेको बताए । पारित भएको अवधारणा पत्र छलफलको लागि अगाडि बढाउन पनि प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

प्रतिक्रिया