


कोशी मुख्यमन्त्री थापाको सपथ आज

काठमाडौं – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन्।
मुख्यमन्त्री थापाले बिहान साढे १० बजे शपथ लिने कार्यक्रम तय भएको छ।
कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसदको समर्थनमा उनी मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए।
सविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए।

