आज पनि संसद् चल्न नदिने सुरमा एमाले


काठमाडौं — प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक चल्न नदिने तयारी गरिरहेको छ ।

सोमबार सूचना टाँस गरेर स्थगित गरिएको बैठक आज पनि चल्न नदिने एमाले सचेतक महेश बर्तौलाले जनाए ।

एमालेले सुन काण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राखेपछि सोमबार सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो। बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो।

बर्तौलाले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नसक्ने बताए। उनले भने, ‘ छानबिन समिति बनाएर छानबिन प्रक्रिया सुरू नगर्दासम्म संसद् चल्न सक्दैन।’

संसद्को अवरोध खुलाउने विषयमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भए पनि सहमति नभएपछि सोमबार संसद बस्न सकेको थिएन ।

प्रतिक्रिया