अमेरिकामा फेरि बढ्न थाले कोरोना संक्रमित


वासिंगटन डिसी । अमेरिकामा कोरोना सङ्क्रमणले फेरि एक पटक चिन्ता बढाएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले अमेरिकामा कोरोना सङ्क्रमितका बिमारी अस्पताल भर्ना हुनेको क्रम बढिरहेको जनाएको छ। तथ्याङ्क अनुसार अस्पताल भर्ना हुनेको सङ्ख्या १० प्रतिशतले बढेको छ । जुन सन् २०२२ को डिसेम्बर यताकै तीव्र वृद्धि हो ।

जुलाईको दोस्रो हप्तामा ७ हजार १ सयभन्दा बढी कोभिड बिरामी अस्पतालमा भर्ना भएको तथ्याङ्कले देखाएको छ । गत हप्ता यो सङ्ख्या ६ हजार ४४४ थियो। जबकि कोभिड सम्बन्धी आकस्मिक कक्षमा बिरामीको सङ्ख्या पनि बढिरहेको छ ।

जुलाई २१ सम्म करिब ०.७३ प्रतिशत कोरोनाका कारण अस्पताल आएका थिए जबकि एक महिना अघि यो सङ्ख्या ०.४९ प्रतिशत थियो।

 

प्रतिक्रिया