प्रचण्ड-ओलीबीच कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित


काठमाडौं – प्रतिनिधिसभाको आज (सोमबार) बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ ।

सोही विषयलाई लिएर आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका थिए । उनीहरुबीच सहमती हुन नसकेपछि आजको संसद बैठक नबसी स्थगित गरिएको हो । यसअघि १० साउनमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको थियो ।

सोमबार पनि एमालेले त्यही अडान राखेपछि सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका सभामुखको सचिवालय स्रोतले बताएको छ ।

प्रतिक्रिया