

रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ। बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने सांसद शिशिर खनालले जानकारी दिए।
बैठकमा आज दिउँसो १ बजे बस्ने संसद् बैठकका विषयमा छलफल हुनेछ। रास्वपाले प्रतिनिधिसभा बैठक अगाडि संसदीय दलको बैठक नियमित रूपमा बस्दै आइरहेको छ।

