पुँजीवादविरुद्ध जुध्ने संकल्प नगरे समाजवादको आधार तयार हुन सक्दैन : अध्यक्ष नेपाल


काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलाल तथा नोकरशाही पुँजीवादले ठूलो समस्या खडा गरिरहेको बताएका छन् । आइतबार समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले शिक्षा क्षेत्रमा पनि दलाल पुँजीवाद समस्याका रूपमा रहेको बताएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘समाजवादको कुरा गर्दा अहिले संसारमा दुईवटा व्यवस्था क्रियाशील छ । एउटा पँजीवादी व्यवस्था अर्को समाजवादी व्यवस्था । हाम्रो देशमा पनि दलाल तथा नोकरशाही पुँजीवादले धेरै ठुलो समस्या खडा गरिरहेको छ ।’

उनले शिक्षा क्षेत्रमा पनि पुँजीवाद हाबी भएको भन्दै त्यसले राज्यको अर्थतन्त्रमा असर परिरहेको बताए । अध्यक्ष नेपालले पुँजीवाद हावी हुँदा अहिलेको व्यवस्थालाई नै कुरूप बनाइरहेको बताए ।

दलाल पुँजीवादका विरुद्ध जुध्ने संकल्प नगरेसम्म नेपालमा समाजवादको आधार तयार हुन नसक्ने उनको भनाइ छ । अध्यक्ष नेपालले भने, जबसम्म दलाल पुँजीवादका विरुद्ध जुध्ने संकल्प गरिँदैन, तबसम्म नेपालमा समाजवादको आधार तयार हुन सक्दैन ।’

 

प्रतिक्रिया