रास्वपाले बोलायो संसदीय दलको बैठक


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक भोलि (सोमवार) बस्ने भएको छ ।

भोलि बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने सचेत निशा डाँगीले जानकारी दिइन्। बैठकमा यसअघि (साउन ९ गते बसेको बैठक)कै विषयहरूमा छलफल हुने डाँगीले बताइन्।

संसदमा सांसदहरूको भूमिका कसरी प्रभावकारी बनाउने, विधेयकमा छलफल बढाउने र पार्टी कामको व्यवस्थापन मुख्य कार्यसूची रहेको बताइएको छ।

प्रतिक्रिया