

ओली भन्छन्, ‘कांग्रेस माओवादीको इसारामा चलेको छ’

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस माओवादीको इसारामा चलेको आरोप लगाएका छन्।
काठमाडौंमा आयोजित जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले भने, ‘भाग्यमा छ भन्दैमा डोकामा दूध दुहेर अडिँदैन । जितिहालिन्छ भनेर उपरखुट्टी लगाएर बस्ने हो भने हामी कांग्रेसकै हालतमा पुग्छौं । अहिलेको कांग्रेस हेरे हुन्छ, कांग्रेसको नसिबमा यति चाँडै यो दुर्गति। माओवादीको ढाकर बोक्या हेर त ! कांग्रेसको दुईपट्टि प्रचण्ड टिलिक्क परेका जुत्ता लगाएका खुट्टा झारेर कांग्रेसको कानमा समातेर हट हट गर्दै कसरी हिड्या छन् ? कांग्रेस लुरुलुरु ! कांग्रेसको थियो अलिकति । तर, अब कठैबरा मात्र भन्न सकिन्छ । अरु के गर्नु ?’
माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको कान समातेर डोर्याएको अध्यक्ष ओलीको भनाई छ ।
उनले कांग्रेस लोकतन्त्रको पक्षमा उभिन नसकेको आरोपसमेत लगाए। त्यतिमात्र होइन कांग्रेस भ्रष्टाचारविरुद्ध उभिन नसकेको अध्यक्ष ओलीले बताए।

