प्रधानमन्त्री फर्किए स्वदेश


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि कृषि कार्यक्रममा सहभागी भई स्वदेश फर्किएका छन् ।

अहिले केही बेर अघि प्रधानमन्त्री प्रचण्डसहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको जनाइएको छ ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिगण, उच्च सरकारी अधिकारीलगायतले स्वागत गरेका थिए ।

विमानस्थलमै केही बेरपछि पत्रकार सम्मेलन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया