

सुनको मूल्य ८ सयले बढ्यो

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

