सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको माग


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुख देवराज घिमिरेसमक्ष रुलिङको माग गरेका हुन् ।

सरकारको संरक्षकमा सुन तस्करी भइरहेको दाबी गर्दै एमाले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको हो । अहिले एमाले सांसदहरुले बैठकमा नाराबाजी गरिरहेका छन् ।

एमालेले सुन तस्करलाई संरक्षण गरेको भन्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने मागसमेत गरेका छन् ।  एमाले प्रमुख सचेतक पदम गिरीले पटक पटक सुन तस्करी भइरहेको र यसलाई रोक्नुको सट्टा सरकारले नै संरक्षण गरेको भन्दै तत्काल गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरे ।

प्रतिक्रिया