केन्द्रीय समितिको बैठक टुंग्याउनु अघि छलफलमा जुटे कांग्रेस नेता


काठमाडौं – नेपाली कांग्रेसको गत साउन २ गतेदेदि जारी बैठक आज अपरान्ह ४ बजे बसेर टुङ्याउने भएको छ । केन्द्रीय समितिको निर्णय तय गर्न कांग्रेसका नेताहरु बैठक अघि छलफलमा जुटेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, पार्टी प्रवक्ता डा। प्रकाशशरण महत, नेताहरु रमेश लेखक, मीन विश्वकर्मा लगायत रहेका छन् ।

यो बैठकले केन्द्रीय समितिको निर्णयको मस्यौदालाई अन्तिम रुप दिएपछि अपरान्ह ४ बजे बस्ने केन्द्रीय समिति बैठकले पारित गर्नेछ । मंगलबार बसेको पदाधिकारी बैठकले मस्यौदा तयार गर्नका लागि नेताहरुलाई जिम्मेवारी दिएको थियो ।

आजको बैठकमा सभापति शेरबहादुर देउवाले जवाफ दिने र निर्णय पारित गर्दै बैठक टुङ्ग्याइने छ ।

प्रतिक्रिया