

माओवादी केन्द्रको पदाधिकारी बैठक सकियो, बेलुका ४ बजे पुनः बस्ने

काठमाडौँ – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बेलुका ४ बजे पुनः बस्ने गरी सकिएको छ । बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक पुनः बस्नेगरी सकिएको हो ।
आगामी साउन १७ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बैठक बसेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।
पार्टी बैठक व्यवस्थित रुपमा बस्नका लागि एजेण्डा तय गर्न पदाधिकारी बैठक बसेको उपाध्यायले बताए । ‘पार्टीका एजेण्डाहरु के के हुने हुन् रु बैठकलाई व्यवस्थित गर्न के के गर्न सकिन्छ भन्ने विषयमा समग्र रुपमा छलफल गर्न बैठक बोलाएको हो । अहिलेलाई बैठक सकियो बेलुका ४ बजे फेरी बस्ने छ’ उनले भने ।

