

माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पार्टीका कार्यवाहक अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी छ ।
आगामी साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकको एजेण्डाका विषयमा छलफल हुने छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा भएकाले श्रेष्ठको अध्यक्षमा पदाधिकारी बैठक बसिरहेको हो ।
बैठक साउन १७ गतेदेखि तीन दिनसम्म प्रज्ञा भवनमा बस्ने तयारी छ ।

