१५ औं अधिवेशनमा डा. शेखर कोइरालालाई सभापति बनाउनेछौंः उपसभापति गुरुङ


काठमाडौं – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली कांग्रेसको रुपान्तरण अहिले नै नसकिएको बताए । रुपान्तरित कांग्रेसबाट नै देश र पार्टी बलियो हुने बताउँदै जनाउँदै पार्टीलाई थप रुपान्तरण गर्नका लागि आगामी महाधिवेशनमा पार्टीको नेतृत्व डा. शेखर कोइरालालाई सुम्पिएर अगाडि बढ्नुपर्ने बताए ।

४१ औं वीपी स्मृति सप्ताहको अवसरमा राजधानीमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा नेपाली कांग्रेसलाई सशक्त, न्यायप्रेमी र परिवर्तन गर्नका लागि डा. कोइरालालाई सभापति बनाउन आजैका दिनदेखि लागि पर्नुपर्ने बताए ।

कांग्रेसको घर जलाएर त्यही खरानीको टिको लगाएर आफू अगाडि नहिँड्ने बताउँदै आगामी १५ औं महाधिवेशनमा जसरी पनि शेखर कोइरालालाई सभापति बनाउनुपर्ने बताए । बीपीको पदचापमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री पद छाड्नु परे पनि निष्ठा नछाड्ने बताए ।

प्रतिक्रिया