अब उत्तर दिने होइन, प्रश्न सोध्न सक्ने बन्नुपर्छः डा. चन्द्र भण्डारी


काठमाडौं – नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले सबै नेताहरुलाई एक भएर अघि बढ्न अनुरोध गरेका छन् । उनले बीपी जयन्ती नारा, भाषण होइन व्यवहार भएको कुरा जनाएका थिए ।

४१ औं वीपी स्मृति सप्ताहको अवसरमा राजधानीमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै डा. भण्डारीले टिम बनाउनका लागि अनुरोध गरेका छन् । युवाहरुले विचारका कुरा अगाडि बढाएर अघि बढेमा समाजले युवाहरुलाई खोजी रहेको यस अवस्थामा टिम भएर अगाडि बढ्न अनुरोध समेत गरे ।

उनले केन्द्रीय समितिको प्रसंग निकाल्दै भने, ‘अब प्रश्न गर्न सक्ने समयको आएको बताउँदै उत्तर दिएरमात्र हुँदैन, प्रश्न सोध्न सक्ने बन्नुपर्दछ ।’

उनले उक्त अवसरमा दुर्घटनाको स्मरण गर्दै आप्mनो उपचारमा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका थिए ।

प्रतिक्रिया