शशांक काेइरालाकाे सक्रियता, पार्टी एकढिक्का रहेकाे सन्देश दिन चियापान


काठमाडौं – नेपाली कांग्रेसका पूर्व महामन्त्री डा.शशांक काेइरालाले आज केन्द्रीय सदस्यहरूका लागि  चियापान आयाेजना गरे ।

पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार सहित सिंगै केन्द्रीय समितिका सदस्यहरू चियापानमा सहभागी भए ।

डा . काेइरालाले ५ दिनकाे केन्द्रीय समिति बैठकमा गरमागरम बहस भएकाले पार्टी एकढिक्का रहेकाे सन्देश दिन चियापान आयाेजना गरेकाे बताए । कांग्रेस एकढिक्का रहेकाे सन्देश दिनका लागि र रिफ्रेसम्न्टका लागि चियापान आयाेजना गरेकाे हुँ´ शशांकले भने, ‘चियापानमा केन्द्रीय सभापतिदेखि सबै साथीहरू । दूरदराजबाट समेत नेता,कार्यकर्ता आउनुभयाे । सबैलाई आभार व्यक्त गर्दछु ।´

कांग्रेस नेताहरू बैठकमा आफ्नाे कुरा राख्दा चर्काे सुनिए पनि व्यवहारमा हार्दिकता रहने गरेकाे उदाहरण चियापान भएकाे पनि उनले बताए ।

प्रतिक्रिया