अर्थमन्त्री महतले दिए राजस्वको निर्धारित लक्ष्य भेटाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन


भैरहवा – अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणकाक्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन् ।

नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजश्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न मन्त्री डा. महतले आग्रह गरे ।

‘विविध कारणले गत वर्ष लक्ष्य भेट्न सकिएन । यसपालि पनि त्यस्तै हो भन्न पाइँदैन, मन्त्री डा. महतले भने, ‘अर्थतन्त्र गतिशील हुँदैछ, सँगैसँगै करको दायरा हामीले फराकिलो बनाएका छौं ।’

मूल्य अभिवृद्धि कर (भ्याट) विस्तारै हट्दै गएको र त्यसले राजश्व संकलनमा असर पुगेकोले भ्याटलाई पुनः प्रवेश गराएको जानकारी दिए । ‘नयाँ मूल्य अभिवृद्धि कर कसरी लागू गर्ने भन्ने बारेमा तपाईंहरु पूर्णरुपमा प्रशिक्षित हुनुपर्छ,’ उनले अघि भने, ‘ट्राभल्समा लाग्ने कर एयरलाइन्सले नै तिर्ने हो । त्यसको रेकर्ड आन्तरिक राजश्व कार्यालय पनि राख्नुपर्छ ।’

मन्त्री महतले निर्धारण गरेको लक्ष्य प्राप्त हुनुपर्ने भन्दै अब कर्मचारीको कामका आधारमा मूल्यांकन हुने बताए ।

प्रतिक्रिया