एनआरएन कोरियाको युवा संयोजकमा नबिन्द्रराज नापितको उम्मेदवारी


काठमाडौं – एनआरएन कोरियाको युवा संयोजकमा नबिन्द्रराज नापितले उम्मेदवारी घोषणा गरेका छन्। उनले सन २०२३ देखि २०२५ का लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

युवा संयोजक पदमा रहँदा कोरियामा रहेका नेपालीको हरेक समस्याको समाधान गर्न संस्थागत निर्णय गर्ने बताए । नेपाल र कोरियाको सुमधुर सम्बन्ध बिस्तार गर्न मन, वचन र कर्मले लागि पर्ने बताए ।

‘संस्थामा रहेर एउटा व्यक्तिले जिम्मेवारीपुर्बक काम गर्यो भने धेरै मानिसहरुको जीवनमा सकारात्मक प्रभाव पार्ने कामहरू गर्न सकिन्छ भन्ने मान्यता राख्दछु,’ उनले भने, ‘संस्थामा रहेर जिम्मेवारीहरु सफलतापुर्वक सम्पन्न गर्नु ठूलो चुनौती पनि हुन्छ ।

अझ भन्नुपर्दा आफ्नो जीविकोपार्जनका लागि आएका नेपाली कर्मजीविहरुको लागि थप जिम्मेवारी बनाउनु हाम्रो दायित्व हुन्छ।’

उनले व्यक्तिगत हित भन्दा आम नेपालीको हित हुने भनेर आफ्नो उम्मेदवारी दर्ता गर्ने निधो गरेको धारणा व्यक्त गरे । उनले अन्य उम्मेदवारको भन्दा आफ्नो फरक एजेन्डा रहेको बताए ।

नापित काठमाडौ तारकेश्वर नगरपालिका ६ का हुन्। कोरियालाई कार्यस्थल बनाउँदै छ वर्षदेखि काम गरिरहेका छन् । उनी सन् २०१८ देखि कोरियामा छन् ।

उनीसँग फेन्थेक माइग्रेसनमा उपाध्यक्ष र सांस्कृतिक संयोजकको रुपमा काम गरेको अनुभव छ।

प्रतिक्रिया