पर्यटन बोर्डका सिइओ रेग्मीको कमाउधन्दा !


काठमाडौं – पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सिइओ) डा धनञ्जय रेग्मीले कानुनी तवरले आफ्नो निजी कम्पनीबाट आर्थिक फाइदा लिइरहेको तथ्य फेला परेको छ । पर्यटन बोर्डमा सिइओ भएपछि कुनै पनि अन्य कम्पनीमा व्यवसायीकता संलग्नता  हुन नहुने नियमको उलंघन गरेको हुन ।  उनको कम्पनी हिमालयन रिसर्च सेन्टरको वेभसाइट himalayanresearch.org.np मा रेग्मीको कार्यकारी प्रमुखका रुपमा ४ वर्षे कार्यकाल पुरा गर्नलाग्दासम्म पनि सम्पर्क मोबाइलमा उनकै नम्बर उल्लेखित छ ।

पर्यटन बोर्डको नियमावलीमा बोर्डको कार्यकारी प्रमुखमा नियुक्त हुने व्यक्ति कुनै सरकारी, गैरसरकारी वा अन्य कुनै व्यवसायमा संलग्न रहेको भए त्यस्तो सेवा वा व्यवसायवाट अवकाश लिनु पर्ने हुन्छ ।

आर्थिक वर्ष २०७९र०८० को बजेट तथा कार्यक्रम शीर्षक ३.४.१.३ मा International Sustainable Mountain Development Conference मा २० लाख रुपैंया बिनियोजित गरेको थियो । उक्त कार्यक्रमका बारे बजेटमा भएको प्रष्टिकरणमा पर्वतीय पर्यटनलाई प्राथमिकतामा राखी दिगो पर्वतीय विकास सम्बन्धि अन्तराष्ट्रिय विश्वविद्यालयहरु तथा अनुसन्धान संस्थासँगको सहकार्यमा International Sustainable Mountain Development Conference आयोजनामा सहकार्य गर्ने लेखिएको थियो ।

कार्यक्रम २०७९ मंसिर १५ देखि १७ सम्म चन्द्रागिरी हिल्समा आयोजना भयो । यसको मुख्य आयोजक नै नेपाल पर्यटन बोर्ड नै थियो । कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी बोर्डमा आबद्ध हुन अगाडि यस्तै किसिमको कार्यक्रम आयोजना गर्ने गर्थे । चन्द्रागिरीको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नेहरु लगायतका सबै व्यक्तिहरु डा रेग्मीको संस्था हिमालयन रिसर्च सेन्टर र हिमालयन रिसर्च एक्सपिडिसन्सबाट विविध समयमा आयोजित कार्यक्रममा सहभागी भइसकेका, उनका ब्यवसायका साझेदार हैसियतका व्यक्तिहरु हुन् । तीमध्ये एक जसले मुख्य कार्यपत्र प्रस्तुती गरेका एल्टन बायर्सलाई उनको कम्पनीको साइटमा अन्तराष्ट्रिय वैज्ञानिकका रुपमा टिम मै राखिएको छ ।

उक्त कार्यक्रममा सहभागीहरुबाट उठाइएको पैसा बोर्डको साइट प्रयोग गरेर अर्कै साइटमा पठाइएको र खर्च पनि न बाँडिएको स्थिति रहेको  कम्पनीका एक कर्मचारीले बताए छ । आर्थिक वर्षको अन्तिमसम्म पनि ६ महिनाअघि सकिएको कार्यक्रमको बोर्डले गर्नुपर्ने भुक्तानि नगरी दायित्व सिर्जना भएको छ ।

नयाँ बजेटमा चलखेल
नयाँ बजेट बोर्डको कार्यकारी समितिले स्वीकृत गर्न बाँकी छ । हाल बजेटका लागि तयारी र छलफल भइरहेको अवस्थामा उनकै कार्यक्रमलाई बोर्डले साइटमा राखिसकेको छ । सम्बन्धित कर्मचारीहरु समेत आश्चर्यमा पर्नेगरी माथि उल्लेखित सम्मेलनको दोश्रो संस्करणका रुपमा पोखरामा २०२३ को अक्टोबर ६ देखि ८ सम्म हुने भनिएको उक्त सम्मेलनका बारेमा बोर्डको साइट ntb.gov.np/conference  मा हेर्न सकिन्छ । आफुले वर्षौदेखि गरिआएको कार्यक्रमलाई बोर्डको ब्यानर अनि खर्चमा गराएर पैसा कम्पनीमा आउने बनाउने रेग्मीको चालादेखि कर्मचारी आजित भएका छन् ।

प्रतिक्रिया