सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराको संलग्नता छैन : सञ्चारमन्त्री शर्मा


जनकपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता नरहेको दाबी गरेकी छन् ।

शुक्रबार जनकपुरमा पुगेकी सञ्चारमन्त्री शर्माले यस्तो दाबी गरेकी हुन् ।

सञ्चारमन्त्री शर्माले सुन तस्करीमा महराको नाम आएको विषय कुनै तथ्यमा नभएर गलत मनसायले आएको बताईन् ।

मन्त्री शर्माले मुलुकमा देखिएको हरेक प्रकारको बेथितिलाई समाप्त गर्न सरकार दृढ रहेको बताउँदै यही सरकारले नागरिकता समस्या समाधान गरेका बताइन् ।

प्रतिक्रिया