कांग्रेस अब नयाँ सिराबाट अघि बढ्नुपर्छः केन्द्रीय सदस्य आचार्य (भिडियोसहित)


काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले कांग्रेसले आगामी दिनमा नयाँ अवधारणाका साथ अगाडि बढ्नु पर्ने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै आचार्यले कांग्रेसले ‘एसी, बीसी, सीसी र डिसीको अवधारणा अघि सारेका छन् । उनले पार्टी सञ्चालनमा समयसापेक्ष परिवर्तन हुनुपर्ने कुरालाई जोड दिएका थिए ।

उनले नेपाली कांग्रेसलाई शसक्त बनाउनका लागि आचार्यका अनुसार AC भन्नाले Agenda Congress, BC भन्नाले Base Congress, CC भन्नाले Clean Congress, DC भन्नाले Digital Congress भएर अगाडि बढेको खण्डमा NC (Nepali Congress) बलियो हुने बताएका छन् ।

उनले महिलाहरुलाई प्रत्यक्षतर्फ एक तिहाई महिलालाई निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने कुरालाई अगाडि बढाउँदै कार्यान्वयनतर्फ लाग्नुपर्ने बताएका छन् ।

भ्रष्टाचारविरुद्ध नेपाली कांग्रेस इतिहासमा पनि नेतृत्व लिएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि नीतिगत निर्णय गरेर नै कांगेस भ्रष्टाचारविरुद्ध लाग्नुपर्ने बताएका छन् । त्यसका लागि भ्रष्टाचारमा दोषी देखिएका कांग्रेस सदस्यलाई विधानमै स्वतः निलम्बन भएको नीति बनाउन पनि माग गरे ।

उनले बुँदागत रुपमा प्रस्तावहरुको बारेमा स्पष्ट पार्दै आफ्नो धारणा सार्वजनिक गरेका थिए । उनले पार्टीका संस्थापक सभापति देवीप्रसाद सापकोटालाई सम्झनुपर्ने समेत बताएका थिए ।

प्रतिक्रिया