

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा २ बजेका लागि बोलाईको हो ।
आज बस्ने बैठकमा १४ औँ महाधिवेशनबारे छलफल गर्ने मुख्य एजेण्डा रहेको बताइएको छ । यसअघि कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो। तोकिएको महाधिवेशन मितिमा संभव नभएपछि नयाँ मिति तय गर्न लागेको हो।
यसैगरी पार्टी सभापति शेरबहादुर देउवाको कार्यकाल फागुन १९ गतेसम्म मात्रै रहेको छ । संविधान अनुसार कांग्रेसलाई ६ महिना कार्यकाल थप गर्न बाटो खुला हुन्छ।
देउवाले महाधिवेशन गर्न आलटाल गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष असन्तुष्ट छन्।

