

सुनको मूल्य बढ्यो

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य प्रतितोला ६ सयले बढेर तोलामा १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ।
यस्तैगरी चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो।

